सहायक सिडियोको सन्देश

  राई न्युज संवाददाता  4 पटक हेरिएको


जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई निजामती कर्मचारीले नीति निर्मातालाई विनासर्त सहयोग गर्नुपर्ने बताएकी छन् ।

‘उपयुक्त सल्लाह दिनुपर्छ,’ खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी राईको भनाइ छ, ‘निर्मित नीति इमानदारीपूर्वक कार्यान्वयन गर्न सकियो भने मुलुक बन्न समय लाग्दैन ।’

नीति निर्माणका लागि नेपाल एसियामै पहिलो मुलुक मानिन्छ । निर्मित असल नीति पूर्ण रूपमा कार्यान्वयन हुने हो भने मुलुकले काँचुली फेरिहाल्ने उनको ठम्याइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार