
गोपाल किरातीलाई गोपाल खम्बू हुँदैदेखि चिनेको हुँ । दोस्रो संबिधानसभापछि टेम्के (खोटाङ–भोजपुर संगमस्थल)मा गणतन्त्र टावरको दुलो (होल) खन्दै, राँगा पाल्दै गर्दा एकपटक हात मिलाएको थिएँ । यो तस्बिर त्यतिबेलाकै होला ।
यस्तोखाले चिनजानलाई राजा चिनाइ भनिन्छ । जनमुक्ति, खम्बुवान, किरात वर्कर्स, माओवादी, खण्ड–खण्डको राजनीतिक यात्रामा एमाले र माओवादी मिलेर डब्बल नेकपा बन्दा माओवादी जगाउन कम्मर कसेर लागे पनि आफैंले भने, ‘पार लगाउन सकिएन ।’
माओवादी जगाउँदै गर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’जस्तो चन्डाल कोही नभएको घोषणा त कत्ति हो कति ! जनयुद्धकालमा किलोका किलो, बोराका बोरा सुन प्रचण्ड कम्पनीले गायब पारेको पोल विपश्यना ध्यानको अनुभूतिजस्तै धाराप्रवाह खोले ।
पूर्वको पहिचान र १ नम्बर प्रदेशको नामाकरण आन्दोलनमा पूरा स्पिरिटले लागे । त्यो पनि पार लागेन । प्रचण्डकै कारण कोसीमा बग्यो । बरु राजाको पाउमा दाम चढाउनेको पार्टीले कोसीको विपक्षमा मत दियो । अहिले त्यही प्रचण्ड सबैभन्दा खुंखार क्रान्तिकारी मान्ने बोलीमा पुगेर पार्टी विलय गराए । फेरि कुनै दिन वैचारिक अन्तरसंघर्षका नाममा प्रचण्डलाई तथानाम भन्ने अवस्थामा पुगे, त्यसलाई पनि राजनीति नै भनिदिउँला । राजनीतिक शुभयात्रा ।

67 पटक हेरिएको 

