
काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका छन् ।
किरात राई यायोक्खाद्वारा किरात यले संवत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिका प्रमुख राईलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालन भूमिकाको कदर गर्दै सम्मान गरेको हो ।
उनलाई २ लाख २५ हजार ५५५ र सम्मानपत्रसहित पुरस्कारले सम्मान गरिएको छ । सम्मान ग्रहण गर्दै उनले आफू सधैं श्रममा विश्वास गर्ने बताए । ‘म श्रम र कर्ममा विश्वास गर्छु ।
साकेला सिली पनि श्रमै हो जस्तो लाग्छ । धान रोप्ने, काट्ने, कोदो रोप्नेजस्ता कृषि कर्म हाम्रा पिता पुर्खादेखि चलिआएका अभ्यास हुन्,’ उनले भने ।

60 पटक हेरिएको 

