बीसौं शताब्दीअघि पनि केही आदिवासी जंगलमै बस्थे । विकसित समाजमा घर बनाएर बसे पनि आदिवासी जंगली अवस्थामै जस्तो घुम्ने, जंगलमै बस्ने, डुल्ने गर्थे । कतिपय आदिवासी अझै जंगलमै बस्दै आएका छन् । राउटे हिजोआज पनि जंगलमै घुमन्ते जीवन यापन गर्दै आएका छन् । केही चेपाङ समुदाय ओढार र जंगलमा बस्दै आएको पाइन्छ । अस्ट्रेलियाआसप...
sagarmathamail
-
-
भुमे निकाल्दा तीन धामी ठहरै
वरपर जंगल । रहरलाग्दो खेत । अनि लोभलाग्दो थुम्को । थुम्कोमा सिमलको विशाल रूख । सिमलको फेदमै ऐतिहासिक भुमेथान । भुमेथान भन्नबित्तिकै साकेला नाचको प्रसंग आउँछ । भुमेथानमा किरात राई समुदाय पूजाआजा गर्दै उँभौली र उँधौलीमा साकेला नाच्छन् । तर, रावाबेंसी गाउँपालिका–६, हौंचुरमा रहेको भुमेथानमा भने साकेला नाचिँदैन । वैशाखे प...
-
गाउँकै पहिलो रेडियो प्रयोगकर्ता
दुर्छिम (खोटाङ) । आकाशे रङको कमिज–सुरुवालमा पहिरिएका पञ्चसेर राई पानासोनिक रेडियो भिरेर हाम्रो घर (हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, डाँडाटोल) आएका थिए । यो संवत् २०२८/०२९ सालतिरको कुरा हो । तर, सम्झिल्याउँदा हिजैजस्तो लाग्छ । पंक्तिकारले राईलाई स–सम्मान ‘बाबै कान्छा’ भनेर सम्बोधन गर्थे । बाबै कान्छाले पंक्तिक...
-
मुन्दुम गाउँदामात्रै मापसे
काठमाडौं । ‘नेपाल प्रकृतिले दिएको सुन्दर देश हो,’ दी भ्वाइस अफ नेपाली पिपुलका अभियन्ता मविन्द्र चाम्लिङको बुझाइ छ, ‘यसलाई प्रविधि र जाँगरसँग इमानदारीसाथ जोड्न सके मलुक मजबुत बनाउन कति पनि लाग्दैन ।’ राजनीतिक नेता ‘वेल एजुकेटेड’ हुनैपर्छ । दी भ्वाइस अफ नेपाली पिपुलका अभियन्ता चाम्लिङले मानवशास्त्रमा स्नातकोत्तर गरे...
-
उदीयमान उदय
बाहुनीडाँडा (खोटाङ) । उदय किराती गाउँघरमा उजिर राई भनेर चिनिन्छन् । हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा, डुम्रेगाउँ खोटाङनिवासी राई सामाजिक अभियन्ताका रूपमा समेत परिचित छन् । उनले आफ्नो परिवार वा समुदायको मात्रै होइन, आफू बसोवास गर्ने क्षेत्रको मुहार परिवर्तन गर्न अथक मिहिनेत गरे । हातेमालो गरे । उनको जीवन एक व्यक...
-
जनयुद्धदेखि जनप्रतिनिधिसम्म
हलेसी (खोटाङ) । माओवादी आन्दोलनबाट स्थापित सशक्त योद्धाको नाम हो– चइन्द्र राई । जुझारु राजनीतिक नेता राईको बाल्यकाल अभावै–अभावमा बित्यो । बाल्यकाल असाध्यै कष्टप्रद रहे पनि प्रतिकूलतामा अनुकूलता खोज्नुपर्छ भन्ने चेत आएपछि उनले क्रान्तिकारी सपना देख्न थाले । महेन्द्रोद्वय माध्यमिक विद्यालय हलेसी खोटाङबाट शैक्षिक जस्...
-
कोदो र किराती
किरात राई समुदायको जन्मपूर्वदेखि मृत्युुपारिसम्मको संस्कारमा कोदो अनिवार्य चाहिन्छ । त्यसैले कोदो र किरातीको सम्बन्ध गहिरो छ । विद्वान्हरूले कोदोको उपयोगिताबारे बताए पनि राई समुदायका पुर्खाले मुन्दुमको सृष्टिसँगै कोदोबारे थाहा (ज्ञान) पाई प्रयोगमात्र गरेनन्, आफ्नो दोस्रो पुस्तालाई सिकाएर गए । सिक्ने सिकाउने प्रक्रिया...
-
खेतबारी सदुपयोग गर्दै गायक
दुर्छिम (खोटाङ) । गायक तथा संगीतकार नरेन्द्र राईको फलफूल बगान घुम्ने मौका मिल्यो । काठमाडौंबाट गाउँ फर्केर फलफूल तथा तरकारी खेतीमा रमाइरहेका गायक तथा संगीतकार राईले ४०० बिरुवा हुर्काइसकेका छन् । फलफूलदेखि काठपातका लागि प्रयोग गरिने बिरुवा हुर्काइरहेको उनले जानकारी गराए । भएको खेतबारी कसरी सदुपयोग गर्न सकिएला भन्ने...
-
मिलापत्रले जन्माएको नेता
दुर्लभ अन्तरे आपा भरिकृष्ण राई र स्वर्गीय आमा चौथसरी राईको अन्तरे छोरा । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, चुमाखु, खोटाङमा संवत् २०४१ सालमा जन्मेका दयाराम राई अन्तरे छोरा हुन् । नेपालको (विशेषतः आदिवासी जनजातिको) जनसंख्या घट्दै गएको सन्दर्भमा राईजस्ता अन्तरे अब दुर्लभ भइसकेका छन् । अपवादबाहेक आइन्दा अन्तरे सन्त...
-
रुँदै धन्यवाद पाएको क्षण अविस्मरणीय
हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, खोटाङनिवासी रोमबहादुर राईले तीन दशकभन्दा धेरै समय सरकारी सेवामा बिताए । संवत् २०३६ देखि दुर्छिम माध्यमिक विद्यालयमा पहिलो प्रधानाध्यापकका रूपमा सेवा आरम्भ गरेका राईले ०३८ जेठ ६ गतेदेखि निजामती सेवामा प्रवेश गरे । प्रारम्भमा ओखलढुंगाको साबिक थाक्ले गाउँ पञ्चायत सचिवका रूपमा काम ग...










